काठमाडौं : उपत्यकाको रमाइलो ठाउँमध्ये एक हो ललितपुरको धापासीमा अवस्थित नागदह। पानीको ठूलो दह र वरिपरि भएको रूख र बोटविरुवाको प्राकृतिक वातावरणले यहाँ आउने जो कोहीको मन रमाउँछ। त्यस्तै चरा चुरुंगीहरूले आहाराविहार गरेको देख्न सकिन्छ।
चराहरू उड्ने भएकाले अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने जाने गर्दछन्।
चराचुरुंगी समयअनुसार एक ठाउँबाट अर्को ठाउँ, एक जिल्लाबाट अर्को जिल्ला मात्र होइन एक देशबाट अर्को देशमा समेत बसाइँसराइ गरेर जाने गर्दछन्।
नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन्। यहाँ पहाडमा पाइने जुरेली, गौथली, काग, ढुकुर र भँगेरा जस्ता प्राय सबै जातका चराहरू पाइन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।