|

काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

बुधबार भर्ना भएका ओलीको बिहीबारसम्म उपचार गरिएको जनाउँदै अब डिस्चार्ज गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिएका छन्। 

बिहीबार अपरान्ह अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पाण्डेले प्रमको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी गराएका हुन्। 

'उहाँले दुई दिनदेखि यस अस्पतालमा उपचार गराउनु भएको छ', उनले भने, 'स्वास्थ्य परीक्षण र उपचारका क्रममा हेमोडायलासिस गरिएको छ।'

पाण्डेका अनुसार यो शरिरमा जम्मा भएको क्रेटिनाइन 'क्लियर' गर्ने  विधि हो। ग्राण्डीको तर्फबाट डा. पाण्डे र डा. दिव्या सिंह शाहले निकालेको विज्ञप्तिमा प्रमलाई आजै डिस्चार्ज गरिने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.