मुस्कुराउँदै बाहिरिए

|

काठमाडौं:  मिर्गौलाको उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली धापासीस्थित ग्राण्डी अस्पतालबाट डिस्चार्ज  भएका छन्। 

बुधबार बिहान भर्ना भएका ओली दुई पटकसम्म मिर्गौलाको डायलाइसिस गरेपछि बिहीबार राति ८ बजे डिस्चार्ज भएका हुन्। 

अस्पतालबाट डिस्चार्ज भएर बाहिरिने क्रममा 'आइ एम फिट' भन्दै प्रसन्न मुद्रामा देखिएका थिए। प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नुअघि आजै अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए। उनको उपचार अबका दिनमा के कस्तो र कसरी गरिन्छ भन्ने बारेमा चिकित्सकहरुले केही बताएका छैनन् ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.