|

वासिङ्टन : अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएपछि ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिकरूपमा अघि बढेको छ।

प्रतिनिधिसभामा २३२ जनाले प्रस्तावका पक्षमा मतदान गरेका छन्। १९६ जनाले विपक्षमा मतदान गरेका छन्। यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा भएको मतदान भने होइन। यो मतदान महाअभियोग प्रकृयालाई औपचारिक रुपमा अगाडि बढाउन भएको मतदान हो।

यो प्रस्ताव पारित भएपछि ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धान निरन्तर अघि बढ्ने भएको छ। संकल्प प्रस्तावमा उल्लेखित प्रोटोकलमा अनुसन्धान अगाडि बढाइने लेखिएको छ।

प्रतिनिधिसभाको मतदानमा दुई डेमोक्रेटिक सांसदले महाअभियोग अघि बढाउने प्रस्तावविरुद्ध मतदान गरेका छन्। न्युजर्सीका सांसद जेफ भ्यान ड्रिउ र मिनेसोटाका सांसद कोलिन पिटरसनले प्रस्तावविरुद्ध मतदान गरेका बताइएको छ। तर रिपब्लिकन सांसदहरुले प्रस्तावका पक्षमा मतदान गरेनन्।

प्रतिनिधिसभाका सभामुखले मतदान नगर्ने परम्परा थियो तर न्यान्सी पेलोसीले महाअभियोग प्रस्ताव अगाडि बढाउने पक्षमा मतदान गरेकी छिन्। संसदमा भएको मतदानलगत्तै ट्रम्पले ट्वीट गर्दै ‘अमेरिकी इतिहासको सबैभन्दा ठूलो चुँडेको शिकार’ भएको भन्दै कटाक्ष गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.