|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति पदबाट अवकाश पाएपछि पुरानो निवास न्यूयोर्कको ट्रम्पटावर फर्किनुको सट्टा फ्लोरिडाको पाल्मबीचमा आफ्नो निवासको तयारी गररहेको बताएका छन्।

उनले ट्विट गर्दै आफूले लाखौं कर तिर्दातिर्दै पनि राज्य र नगरका राजनीतिक नेताहरूले आफूलाई खराब व्यवहार गर्ने गरेको गुनासो पोखेका छन्। ट्रम्पले आफूले गर्ने कारोबारको कति कर तिर्छन् भन्ने अहिलेसम्म निजी मामिला भन्दै गोप्य राख्ने गरेका छन्।

न्यूयोर्कमा जन्मेका ट्रम्पले यसअघि आफ्नो मुटुमा न्यूयोर्कको विशेष स्थान रहेको बताउने गरेका थिए।

उनले भनेका छन्, 'न्यूयोर्कका राजनीतिक नेताहरूले करोडौं रकम तिरे पनि उनीहरुले नराम्रो व्यवहार गरेका छन्।' ट्रम्प न्यूयोर्कमा जन्मेका थिए तर, उनले पाम बीचको मार-ए-लागो एस्टेटमा धेरै समय बिताएका छन्। राष्ट्रपतिले न्यु योर्क राज्यका गभर्नर एन्ड्र्यू कुमो र न्यू योर्क शहरका मेयर बिल डी ब्लासियो - दुवै डेमोक्र्याटसँग विभेद गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.