|

कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा छोरारे कुटपिट गरी आमाको हत्या गरेका छन्। कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन्।

सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ। मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ। सुरेन्द्र फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले  परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.