|

कपिलवस्तु : कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्लाको बाणगंगा नगरपालिका-५ झण्डामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान जानेमा स्थानीय राजेश थारूका छोरा डेढ वर्षीय टोपेन्द्र थारू रहेका छन्।

झण्डास्थित शुद्धुराम थारूको घरमा पार्किङ गरी राखिएको बस निकाल्ने क्रममा चालकले बालक खेलिरहेको नदेखिएपछि ठक्कर दिएको थियो। शनिबार बिहान बसले ठक्कर दिएलगत्तै बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ।

ठक्कर दिने बस मृतक थारूको काकाको रहेको बुझिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ।

यता, पूर्वपश्चिम राजमार्गअन्‍तर्गत बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ईमिलियामा बस र मोटरसाईकल एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको छ। बाँके कोहलपुरबाट बुटवलतर्फ आउदै गरेको बसको पट्टा भाँचिदा अनियन्त्रित भई पश्चिम तर्फ जादै गरेको मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दियाका रनबहादुर विकको उपचारको क्रममा चौराहा हस्पिटल बुटवलमा ज्यान गएको हो। रा ३ प १५१६ नम्बरको मोटरसाइकलमा सवार विकलाई भे१ख १९९७ नम्वरको बसले ठक्कर दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.