|

जनकपुरधाम : उपासनाको महापर्व छठको रौनक जनकपुरमा देखिएको छ। चार दिनसम्म मनाईने छठको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई व्रतालुहरूले अर्घ दिनेछन्।

 जनकपुरमा छठको घाटहरु दुलहीझैं सिंगारिएको छ। छठ मनाउन आज बिहानै व्रतालुहरू घाटमा पुगिसकेका छन्। छठ सामग्रीले घाट झन झकिझकाउ देखिन्छन्। जनकपुरमा व्रतालुहरू घाटमै रात बिताउने गर्छन्। भोलि बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत सम्पन्न हुन्छ।

व्रतालु र घरपरिवारका सदस्यहरू राति घाटमै बस्ने गरेका कारण रातिमा विभिन्न खालका सांस्कृतिक कार्यक्रम हुन्छ। मधेसको महान् पर्व छठ जनकपुरमा हरेक वर्ष भव्य सजावट र धुमधामसँग मनाउने गर्छन्। लोक आस्‍थाको यो पर्वलाई समानताको प्रतिकको रूपमा पनि लिने गरिएको छ।

नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ गरिरहँदा धनी र गरिबबीचको भेदभाव अन्त्य भएको देखिन्छ। खासगरी उपेक्षित मानिने डुम समुदायले बनाएको बाँसको चोयाको सुपली, नाङलो र डालाको प्रयोग गरिने यस पर्वले छुवाछुतको खाडललाई पनि पुर्ने काम गरेको छ भने समाजमा सबै मानिसको अस्तित्व हुन्छ भन्ने समेत स्वीकार गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.