मल र पानी कम लाग्‍ने, छोटो समयमै उत्पादन

|

एजेन्सी : चिनियाँ वैज्ञानिक युआन लुङपिङ र उनको टोलीले तेस्रो पुस्ताको हाइब्रिड धानको विकास गरेका छन्। उक्त धानको सोमबारदेखि मंगलबारसम्म परीक्षण गरिएको थियो। उनका अनुसार परीक्षणका क्रममा धानको सफल उत्पादन भएको छ।

केन्द्रीय चीनको हुनान प्रान्तको हेन्याङ्गस्थित हेङयुङ गाउँको जग्गामा उक्त प्रजातिको परीक्षण गरिएको थियो। जी ३ एस र पी १९ कृषि प्रविधिमार्फत् धान उत्पादन गरिएको हो। उक्त धान ६ लाख ७६ हजार ७ सय ६७ वर्ग मिटर जग्गामा (दुई कट्ठा) रोपिएको थियो। त्यस अनुसार दुई कट्ठा जग्गामा एक हजार ४६ दशमलव ३ किलोग्राम धान उत्पादन भएको छ।

'तेस्रो पुस्ताको हाइब्रिड धानको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसको बढ्दो अवधि हो,' चाइना नेशनल राइस रिसर्च इन्स्टिच्युटका उपनिर्देशक कियानले बताए।

उनले अगाडि भने, 'चीनमा पहिलेका हाइब्रिड धानको प्रजाति रोप्ने बेलादेखि १६० दिनदेखि देखि १८० दिनसम्ममा उत्पादन हुन्थ्यो। तर, यो धान १२५ दिनमा उत्पादन भइसक्छ।'

थोरै समयमा धान उत्पादन गर्न सक्ने भएकोले मल र कीटनाशक औषधिको प्रयोगमा कमी आउने उनले जानकारी दिए। उनले भने, 'जसले गर्दा धानको उत्पादन क्षमतमा वृद्बि गर्छ। किसानमाथिको आर्थिक भारसमेत घट्न जान्छ।'

विगतमा रोपिने अन्य धानका लागि पानी र बढी मलको आवश्यकता थियो। यो धान प्रविधिको सहयोग लिएर थोरै कृषिजन्य सामग्रीबाट किसानले सहजै उत्पादन गर्न सक्छन्। कम मल,बिउ र पानीको प्रयोग गरी रोप्न सकिने यो धान छोटो समयमै अन्य धानभन्दा धेरै फल्ने भएकाले किसानहरुका लागि एकदमै लाभदायक मानिएको छ।

'परीक्षणस्थलको माटो, उचाई र त्यस क्षेत्रको जलवायु परीक्षण गरिएको थियो। अन्य किसानहरुको खेतीको माटोको पनि परीक्षण गरिएको हुनान धान अनुसन्धान केन्द्रका झाओ बिङ्ग्रानले भने।

यो सम्पूर्ण प्रक्रिया चीनको कृषि विज्ञान एकेडेमी, राष्ट्रिय धान अनुसन्धान संस्थान, हुनानको कृषि ग्रामीण मामिला विभाग र  चिनियाँ विश्वविद्यालयका विज्ञहरूको सुपरिवेक्षणमा हुनान सोसाइटी अफ एग्रोनोमीले गरेको थियो।

चीनको धानको औसत उत्पादन प्रतिमिटर ५ सय किलोग्राम हो। किसानहरूले प्रतिमि‍टर ६ सय देखि ७ सय किलोग्राम धान उत्पादन गर्छन्। एक अनुसन्धानकर्ता लीका अनुसार तेस्रो पुस्ताको यो हाइब्रिड धान प्रतिदुई कट्ठा ८ सय केजीसम्म उत्पादन गर्न सकिन्छ।

पहिले भन्दा धेरै उत्पादन भएपछि किसानलाई यो प्रजातिको धानबाट ठूलो लाभ हुने हुनान अनुसन्धान केन्द्रका एक अनुसन्धानकर्ता ली सिन्कीले बताए। थोरै मल र पानीको प्रयोगबाट फलाउन सकिने भएकाले यो धानबाट किसानले राम्रो लाभ लिने अनुसन्धानकर्ता बताउँछन्।

'अहिलेको जस्तै वातावरण रहेमा प्रतिमिटर ८ सय किलो ग्राम धान उत्पादन हुन सक्छ,' लीले भने। विश्वभरमध्ये चीनसँग करिब ९ प्रतिशत उर्बर भूमि छ। तर चीनले विश्वभरमा २० प्रतिशत धान फलाउँछ।

अनुवाद : अतिन आचार्य 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.