फोक्सोमा जमेको पानी सुकेको रिपोर्ट

|

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ। 

ओलीको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आइतवार मध्यान्ह स्वास्थ्य परीक्षण गरिएको हो। 

पछिल्लो समय मिर्गौलाले काम गर्न नसकेपछि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको आइतवार डायलाइसिस गर्ने कार्यक्रम थियो। तर यसअघि धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा पनि पानी जमेको देखिएपछि उनलाई आइतवार मनमोहन कार्डियो सेन्टरमा लगिएको थियो। 

उनको उपचारमा संलग्न एकजना चिकित्सकका अनुसार फोक्सोमा जमेको पानी झिक्न मनमोहनमा लगिएको थियो। तर त्यहाँ प्रम ओलीको एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको पाइएपछि उनलाई बालुवाटार नै फर्काइएको छ। 

यस्तै मनमोहन उनको मुटुको पनि चेकजाँच गरिएको छ । स्वास्थ्य जाँचका क्रममा मिर्गौला बाहेक उनका अन्य अंगहरु स्वस्थ पाइएको ती चिकित्सकले बताएका छन्। 

स्वास्थ्य जाँचपछि बालुवाटार फर्किएका ओलीले आजै बेलुकासम्म ग्राण्डीमा तेस्रो पटकको डायलाइसिस गराउने बताइएको छ। दुई पटक डायलाइसिस गर्दा पनि ओलीले अस्वस्थ महसुस गरेपछि फेरि ग्राण्डी लान लगिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.