|

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि सेवा सुरु गरेको छ।

सिद्धार्थ ग्रुपले सौराहमा संचालनमा ल्याएको सेन्टर पार्क रिसोर्टसँग व्यावसायिक साझेदारी गरी सेवा सुरु गरेको हो। करिब २ विघा क्षेत्रफलमा रहेको रिसोर्टमा ४७ वटा सुविधा सम्पन्न कोठाहरू, स्विमिङ पुल, गार्डेन, सेमिनारका लागि दुइटा हलहरू रहेका छन्। रिसोर्टले पर्यटकका लागि जंगल सफारी, सांगीतिक कार्यक्रममार्फत मनोरन्जनलगायतका सेवाहरू प्रदान गर्ने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेलसहित चितवनको चुम्लिङटार, सुर्खेत  र कर्णाली  चिसापानीमा रिसोटहरू संचालन गर्दै आएको छ। सिद्धार्थ ग्रुपको महेन्द्रनगर, टीकापुर, नेपालगन्ज, बुटबल र काठमाडौंमा  सुविधा सम्पन्न होटेल, रेष्टुरेन्ट, क्याफे गरी २३ वटा आउटलेटहरू संचालनमा छन्।

होटेल, रिसोट, रेष्टुरेन्टमार्फत हस्पिटालिटी व्यवसाय संचालन गर्दै आएको सिद्धार्थ ग्रुपले भैरहवामा ठूलो लगानीमा पाँचतारे होटेल निर्माण गर्दैछ। सिद्धार्थ ग्रुपले हस्पिटालिटी व्यवसायलाई देशैभर विस्तार गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.