घाइतेलाई बेनी अस्पताल ल्याइँदै

|
फाइल तस्विर

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सतदेवी भट्टचन्द र आयुष जुग्जालीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताएका छन्। मृतक २ जनाको भने सनाखत हुन सकेको छैन।

दुर्घटनामा परि १८ जना घाइते भएका छन्। घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको जनाइएको छ।

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको हो। प्रहरी निरीक्षक शर्माका अनुसार मृतकको शव गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय उद्धारमा जुटिरहेका छन्। बसमा ३० जना यात्रु रहेको बुझिएको छ। मोबाइल नेटवर्कले काम नगरेकाले दुर्घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन।

घाइतेहरुको नामावली 
१ मालिका गा.पा. ७ बिमका ६० वर्षीय राजमान दर्जी 
२ मालिका ७ विमका हुम बहादुर जुग्जाली 
३ मालिका ७ विमका ३८ वर्षीय पलप्रसाद जुग्जाली 
४ मालिका ७ विमकी २६ वर्षीया नरदेवी परियार 
५) बेनी नगरपालिका वडा नम्बर ९ घतानका  १६ वर्षीय बिसन खत्री 
६) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल 
७)  बाग्लुङ ताराखोला गाउपालिका ५ बस्ने बर्ष १७ को बिजय कडेल 
८) बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १९ को प्रमिस पौडेल 
९) मालिका गाउपालिका ७ बस्ने बर्ष २६ की दिलु शेरपुञ्जा 
१०) विमकीे बर्ष ०६ की कृष्टिना जुग्जाली 
११) विमकी ६१ वर्षीया तन देवी जुग्जाली 
१२ विम बस्ने बर्ष ६० वर्षकी चन्द्रकली दर्जी 
१३ ) विमकी ३८ वर्षीया पल देवी जुग्जाली 
१४) विम वस्ने शुरेश जुग्जाली 
१५) विम वस्ने बर्ष ३१ की लिला जुग्जाली 
१६ ) धवलागिरी गाउपालिका वडा नम्बर ३ दर बस्ने बर्ष १८ की रिल माया बूढा
१७) बेनी नगरापलिका ३ भकिम्ली बस्ने बर्ष ३५ को केशब शर्मा न्युरे 
१८) मंगला गाउपालिका ०५ छिसवाङ बस्ने बर्ष २२ की रमिला खत्रि   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.