|

सर्बियन विश्व नम्बर एक नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन्। आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन्।

जोकोभिकले उपाधि जित्ने क्रममा शापोभालोपलाई ६–३ र ६–४ को सेटमा पराजित गरे। यो सँगै जोकोभिकले पाँचौपटक पेरिस मास्टर्सको उपाधि आफ्नो नाममा पार्न सफल भएका छन्।

यसअघि जोकोभिकले सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए। शापोभालोप भने दोस्रो वरियताका सफल स्पेनिस स्टार राफेल नाडालले नाम फिर्ता लिएपछि फाइनलमा पुग्न सफल भएका थिए। चोटका कारण नाडालले नाम फिर्ता लिएपछि उनी फाइनलमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.