म्याग्दी : खाद्य भण्डारणका लागि विभिन्न किसिमका उपायहरु अपनाइँदै आएको पाइन्छ। कृषि प्राविधिक तथा वैज्ञानिकहरुले खाद्यान्नलाई सुरक्षित राख्नका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै आएका छन्।
तर, नेपालका ग्रामीण भेगका किसानहरुसम्म आधुनिक प्रविधिको पहुँच पुगेको छैन। प्रविधि नपुगेको ती गाउँमध्येको एउटा गाउँ हो म्याग्दीको झीँ गाउँ। यहाँ आधुनिक कृषि प्रविधिको पहुँच अझैसम्म पनि पुग्न सकेको छैन। धान, मकै, कोदो र गहुँ तथा तरकारी बालीका लागि अनुकूल मानिएको यस गाउँमा अझै पनि किसानहरुले परम्परागत शैलीमा नै कृषि उपजहरु भण्डारण गर्दै आएका छन्।
बाँस वा निगालोको चोयाबाट बुनेको भकारीमा गोबरले लिपेर धान भण्डारण गरिन्छ। थाँक्रा बनाइ माथिबाट खर वा जस्तापाताले ढोकेर मकै भण्डारण गर्ने परम्परागत चलन यहाँ अझै कायम नै रहेको छ।
‘यो हाम्रो पुख्र्यौली चलन हो, मकैलाई किराबाट बचाउने उपाय योभन्दा हामीसंँग अर्को छैन,’ झीँकी ६३ वर्षीया रनमाया शेरपुंजाले भनिन्। उनका अनुसार यसरी मकै राख्दा किरा लाग्दैन भने मकैको दानामा पनि कुनै किसिमको खराबी आउँदैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।