|

सिन्धुपाल्चोक : सुनकोशी नदीमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। खोजीको क्रममा सुनकोशी किनारामा एक युवकको शव भेटिएपछि मृतकको संख्या १८ पुगेको हो। उदयपुर चौदण्डीगढी नगरपालिकाका २३ वर्षीय युवक विजय तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।

उनका अनुसार अझै ५ वर्षीय बालिका बेपत्ता भएकी छिन्। उनको खोजी कार्य जारी रहेको उनले बताए। दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ को बस आइतबार सुनकोशी नदीमा खसेको थियो। अत्यधिक भार र तीव्र गतिको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.