|

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका ७ मेलगाँजामा शनिबारदेखि सुरु भएको ‘भित्री मधेस कृषि, पर्यटन मेला २०७६’ सोमबार पनि जारी छ। भगवती सामुदायिक वन उपभोक्ता समिति र डोगटी, नन्नरै, मसानी मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा सुरु भएको कृषि, पर्यटन मेला जारी रहेको हो।

आइतबार लोक तथा दोहोरी गायिका ज्योति मगरले दर्शकलाई नचाएकी थिइन्। मेला हेर्न पुगेका दर्शकलाई विभिन्न गीत गाउँदै उनली नचाएकी हुन्। ज्योतिले गीत गाएर दर्शकलाई झुमाएका थिए। दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शक।

ज्योतिले मेलामा दर्शकलाई सांगीतिक मनोरञ्जन दिइन्। साथै हास्य कलाकार मनीष खड्का, तीर्थराज अवस्थी, देउडा गायक तथा सञ्चारकर्मी लालबहादुर धामी (अछामी बड्डो ) तथा स्थानीय कलाकरको बेजोड़ प्रस्तुती रहेको थियो।

आलिताल गाउँपालिका क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, स्थानीय लोक कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन गर्न एवं डोगटी, नन्नरै, मसानी देवताको मन्दिरको विकासका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ।

साथै महोत्सवमा सुदूर पश्चिमेली खानाका परिकार, कृषि उत्पादनको प्रदर्शनी र आलिताल टुर प्याकेजको समेत व्यवस्था रहेका छ। महोत्सवको सोमबार नै भव्य रुपमा समापन गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.