विश्व

अमेरिकामा मजदुर हत्याका दोषीलाई घातक सुई लगाएर मृत्युदण्ड
SHARES

प्रतीकात्मक फोटो
कात्तिक १९, २०७६

    अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ। अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीले बताएका छन्।

    राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदुरको हत्या गरेको पुष्टि भएको थियो। उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए। राइन्सका वकिलले भने समलिंगी भएकै कारण मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए।

    तर, साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]