घटना छानबिन गर्न समिति गठन

|
फाइल तस्विर

सिन्धुपाल्चोक : सुकुटेस्थित सुनकोसी नदीमा भएको बस दुर्घटनाका मृतकको सामूहिक दाहसंस्कार गरिएको छ। मंगलबार बिहान आफन्तले शव बुझेपछि सामूहिक दाहसंस्कार गरिएका हुन्।

दुर्घटनामा मृत्यु भएको १८ मध्ये सातको बाह्रबिसेस्थित भोटेकोसी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। अन्यको भने घर अन्यन्त्र भएको र परिवारले आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्ने भन्दै शव आफ्नौ निवास लगेका छन्।

दुर्घटनामा मृत्यु र घाइते भएकाहरूसँगको लामो छलफलपछि मात्रै आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जाकारी दिए।

उनका अनुसार अरनीको यातायात सेवा समितिले ठूलो दुर्घटना र क्षति पनि धेरै भएकाले सरकारले तोकेबमोजिमको क्षतिपूर्ति दिने निर्णय गरेको थियो। तर, आफन्तले मानेन्। शवबाट दुर्गन्ध फैलिन थालेपछि आफन्तले स्थानीय र अन्य प्रतिनिधिको आग्रहलाई स्वीकार गरेर मात्रै शव बुझेका थिए।

क्षतिपूर्ति ५ लाख र किरिया खर्चलगायत गरेर ६ लाख रुपैयाँ दिने सहमति भएको समितिका अध्यक्ष चित्र कुँवरले बताए। दुर्घटनामा घाइते भएको उपचार खर्च समितिले नै व्यहोर्ने समेत उनले बताए।

दोलखाको माग देउरालीबाट काठमाडौं आउँदै गरेको बा.२ख ७२४५ नम्बरको बस आइतबार सुनकोसीमा नदीमा खसेर दुर्घटना भएको थियो।

समिति गठन गर्ने

सिन्धुपाल्चोकमा भएको ठूलो दुर्घटनाको जिल्ला प्रशासन कार्यालयले छानबिन गर्नको लागि समिति गठन गर्ने भएको छ। समितिमा प्रहरी, ट्राफिक, यातायात समितिलगायतको प्रतिनिधि रहने प्रमुख जिल्ला अधिकारी गोमादेवी चोम्जोङले जानकारी दिइन्।

अझै भेटिएन् बालिकाको शव

दुर्घटनामा ५ वर्षीया बालिका अझै बेपत्ता छिन्। खोजी कार्य जारी राखे पनि अझै पत्ता लाग्न नसकेको प्रहरीले जनायो। शैलुङ गाउँपालिका ४ की रियुना लामा तामाङ अहिलेसम्म बेपत्ता भएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.