खेलकुद

बराबरीमा रोकियो बार्सिलोना

कात्तिक २०, २०७६

    च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको छ।

    समूह एफको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानमा ४६ खेलपछि गोलविहीन बन्यो। निरासाजनक बराबरीको सिकार हुने क्रममा बार्सिलोनाका लागि च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा कप्तान लियोनेल मेसीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भए।

    बार्सिलोनाले एकपछि अर्को निरन्तर गोल प्रयास गरेपनि सफल भएन्। उसका करिब आधा दर्जन प्रहार असफल भएका थिए। समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसँग निश्चित जित निकाल्दै अघिल्लो चरण सुनिश्चित गर्न चाहान्थ्यो। इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट ८ अंक मात्र बटुलेको छ।

    यद्यपी  उक्त समुहमा अन्य टिमको प्रदर्शनपनि निरासाजनकनै रहेको छ। दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड ७ अंक हुँदा तेस्रो स्थानमा रहेको ईन्टर मिलान ४ अंक रहेको छ। प्रागको २ अंक भएको छ। 

    स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमुण्डसंग प्रतिष्पर्धा गर्ने छ। दुवै टिमका लागि यो खेल निकै अर्थपुर्ण हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]