समाज : सुरक्षा/अपराध

कुवामा डुबेको अवस्थामा पुरुषको शव फेला
SHARES

कात्तिक २०, २०७६

    पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरास्थित गौडाकुवामा एक पुरुषको शव फेला परेको छ। 

    गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका करिब ५० वर्षीय सोमबहादुर बिकको शव बुधबार फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए। बिक कुवाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन्।

    बिक मंगलबार राति कुवामा डुबेका हुन सक्ने प्रहरीको अनुमान छ। बुधबार बिहान स्थानीयले देखेपछि बिर्घा प्रहरी चौकीमा खबर गरेका थिए। वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक घिमिरेको नेतृत्वमा आएको टोलीले शव कुवाबाट निकाले हो। शवलाई पोष्टमार्टमका लागि वालिङ लगिएको छ। बिक करिब १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बस्दै आएका थिए। उनी ज्याला मजदुरीमा काम गर्दथे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]