|

एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको थियो। फोटो पोष्ट गर्दै ती युवतीले लेखेकी थिइन्, ‘पाइलटप्रति अत्यन्तै अनुग्रहित छु, र असाध्यै उत्साहित पनि’

युवतीले फोटो पोष्ट मात्र के गरेकी थिइन्, चिनियाँ सोसल साइटमा आगो बलिहाल्यो। सबैभन्दा पहिले, उड्ययनसम्बन्धी ब्लग लेख्दै आएका एक चिनियाँ ब्लगरले जहाजको पहिचान गरे। थप बुझ्दै जाँदा एअर ग्विलिनको जहाज मध्यउडानमा छँदा पाइलटले ती युवतीलाई ककपिटमा निम्त्याएको खुल्यो।

विवाद उत्पन्न हुनासाथ युवतीले फोटो डिलिट गरे पनि पाइलटमाथिको कारबाही रोकिएन। पाइलटको नाम गोप्य राखिएको उक्त एअरलाइन्सको विज्ञप्तिमा भनिएको छ, ‘हामीले नागरिक उड्ययनको नियम उल्लंघन गर्ने पाइलटलाई आजीवन निलम्बनको निर्णय गरेका छौं।’ साथै एअरलाइन्सले चालक दलका अन्य सदस्यमाथि पनि छानविन भइरहेको जनाएको छ।

एअरलाइन्सले यात्रीको सुरक्षाका विषयमा सम्झौता गर्न नसकिने भन्दै कठोर निर्णय लिनुपरेको जनाएको छ।

एजेन्सीहरूले जनाएअनुसार, फोटो खिच्ने युवती चीनमा फ्लाइट एटेन्डेन्सको कोर्स गर्दै थिइन्। तिनको पाइलटसँग पहिलेदेखि नै चिनजान थियो–थिएन भन्ने खुलिसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.