|

काठमाडौं : नेपाल एयरलाइन्सले आन्तरिक उडानमा डलर फेयर हटाउने घोषणा गरेको छ। यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेश भट्टराईले डलर फेयरका कारण नकरात्मक प्रभाव परेको भन्दै हटाउने बताएका थिए। निगमले डलर फेयर बुधबारदेखि  हटाउने घोषणा निर्णय लिएको हो।

बुधबार गरिएको पत्रकार सम्मेलनको क्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विदेशीहरुबाट लिँदै आएको डलर फेयर हटाएर नेपाली यात्रुसरह नै भाडा लिने बताएका हुन्।

डलर फेयरका कारण नेपाल घुम्न आउने पर्यटकले आफूलाई असमान व्यवहार गरेको महसुस गरेको भन्दै यस्तो कार्य राम्रो नभएकोले हटाउन थालिएको खरेलले बताए। 

अहिले आन्तिरक उडानमा एयरलाइन्सहरुले नेपाली र विदेशीलाई छुट्टाछुट्टै भाडा लिँदै आएका छन्। यसअघि विभागीय मन्त्री भट्टराईले  आन्तरिक उडानमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने योजनाको कार्यन्वयन पनि नेपाल एयरलाइन्सबाट सुरु गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.