|
प्रतीकात्मक फोटो

दाङ : दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाइँ गम्भीर घाइते भएका छन्। शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दलाई ससुराली गएको समयमा बुधबार बेलुका सासूले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए।

घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि राति नै थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा 'रेफर' गरिएको प्रवक्ता शाहले बताए।

श्रीमतीसँगै घोराही १० नारायणपुरमा ससुराली गएको समयमा चन्दमाथि ४१ वर्षीया सासू मधुकुमारी मल्लले छोरीलाई कुटेको भन्दै खुकरी प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते चन्द र उनकी पत्नी २२ वर्षीया सरस्वती मल्लका बीचमा बुधबार बेलुका सामान्य विवादपछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि  सासूले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन्।

खुकुरी प्रहार गरेको अभियोगमा सासू मल्ललाई प्रहरीले पक्राउ गरेको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.