|

ओखलढुुंगा : जिल्लाको पश्चिमी क्षेत्र गाम्नाङटारमा वर्षाैदेखि प्रहरी-चौकी त्रिपालमै रहेको छ। २०५१ सालमा स्थापना भएको प्रहरी-चौकी गाम्नाङटारको भवन निर्माण सम्पन्न नहुँदा त्रिपाल मै रहनु परेको हो। 

समाज सुरक्षाको दायित्व लिएका सुरक्षाकर्मी बस्ने घर नै नहुँदा सुरक्षकर्मीलाई समस्या नै रहेको छ। त्रिपालमा रहेको प्रहरीचौकीले न पानी छल्छ, न शीत नै। भूकम्प पछि दिइएको त्रिपालमा २०७२ सालदेखि कष्कर जीवन बिताइरहेका छन् गाम्नाङटारमा रहेका सुरक्षाकर्मीले साामान्य त्रिपालको घरमा सामान्य पानी पनि बग्दैन।

त्रिपाल मै प्रहरीले आवासदेखि कार्यालय समेत सञ्चालन गरेका छन्। ओछ्यानदेखि अगेनोसम्म पानी र शीत चुहिन्छ घर परिवार नभनी ड्युटीमा खटिएका प्रहरीको अवस्था कसैले बुझ्न नखोजेको एक प्रहरीले गुनासो छ। सामान्य संघ संस्थाको कार्यालय भन्दा सुरक्षा निकाय बस्ने संरचना दयनीय भएको स्थानीय बताउँछन्।

जिल्लाको पश्चिमी क्षेत्र गाम्नाङटार, टारकेरावारी, यसम र नर्मदेश्वर कार्यक्षेत्र रहेको यो प्रहरीचौकीको बारेमा आफूहरूले बारम्बार कुरा उठाए पनि भवन ठेक्का प्रक्रिया भएर निर्माण थालिएको भए पनि तीन वर्ष बित्न लागे पनि ठेकदारले समयमा काम नगर्दा समस्या भएको गाम्नाङटारका एक स्थानीयले बताए। त्यतिखेर चौकी जलाउने अहिले सत्ताको नेतृत्वमा छन्।

प्रहरी भने रातभर चिसोमा कठाग्रिएर बस्न बाध्य रहेका छन्। भत्काउन सक्नेले समयमा बनाउनुपर्छ की पर्दैन भनेर स्थानीय सरकारसँग आक्रोसित भएका छन्। 
गाउँमा दैनिक साना-तीना घटना भइरहन्छन् प्रहरीका लागि भौतिक संरचनाको नहुँदा समस्या रहको र प्रहरीलाई सुरक्षा सामग्री जोगाउन पनि मुश्किल पर्ने गरेको गाम्नाङटारका प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले बताए।

संरचना नहुँदा अनुसन्धान गर्न र दुईतर्फी झगडीयालाई बयान लिन समस्या हुने गरेको उनको भनाई छ। गाम्नाङटारमा मात्रै होइन, जिल्लाका अधिकांश प्रहरी चौकीका संरचना जीर्ण छन्।

प्रहरी चौकी कोषहाट पनि त्रिपाल मै रहेको छ। जिल्ला प्रहरी कार्यालय नै कतिबेला भत्किन्छ भन्ने पिरलोमा बस्नु परेको प्रहरी बताउँछन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा २२ प्रहरी युनिट मा ५ अस्थायी र १८ स्थायी रहेका छन्।

व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरमा प्रहरीको कार्यालय रहेका कारण संरचना व्यवस्थित नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको ओखलढुंगाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजिव श्रेष्ठ बताउँछन्। ओखलढुंगामा जिल्लामा झण्डै साढे दुई सय प्रहरीको दरबन्दी छ ।

ओखलढुंगामा पछिल्लो समय इलाका प्रहरी कार्यालय खिजी फलाटेसहित आधा दर्जन प्रहरी चौकीको भवन निर्माण कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.