आलमलाई न्यायाधीशका ५२ प्रश्‍न

|
प्रतीकात्मक फोटो

रौतहट : निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको बिहीबार दिउँसोबाट जिल्ला अदालत रौतहट, गौरमा थुनछेक बहस सुरु भएको छ।

गत मंगलबारदेखि लिइएको बयान बिहीबार दिउँसो सकिएलगत्तै अहिले दिउँसोबाट जिल्ला अदाललत रौतहटमा थुनछेक बहस सुरु भएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि बहस सुरु भएको थियो।

पीडितको पक्षबाट थुनछेक बहस पहिलोपटक सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले गर्ने भएका छन्। त्यसपछि पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले बहस गर्ने भएका छन्।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा. कुमार शर्मा आचार्यले बहस गर्ने छन्।

प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन्।

२०६४ साल चैत २७ गते दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको थियो।

बहसअघि पूर्वमन्त्री आलमलाई जम्मा ५२ बटा प्रश्‍न सोधिएको थियो। बिहीबार तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.