|

भक्तपुर : साझा पार्टीले भक्तपुरमा उमेदवारी दर्ता गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं. १ 'क' मा पार्टीका तर्फवाट सामाजिक अभियन्ता तथा उद्धमी सुरज प्रधानले उमेदवारी दर्ता गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गर्नु अघि साझाले सिद्ध पोखरीबाट पार्टीका केन्द्रीय नेता तथा अभियन्ताहरु सहितको  मौन जुलुस प्रदर्शन गरेको थियो। 

मौन र्‍यालीमा पार्टीका नेताहरु किशोर थापा, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, शोभा शाक्य, केशव दाहाल,मानवी पौडेल र शरदराज पाठक लगायतको सहभागिता थियो । 

राष्ट्रिय झन्डा, पार्टीको झण्डा र सांकेतिक तराजुसहितको र्‍यालीले यात्रु तथा सवारी साधनलाई सहजकासाथ आवतजावत गराएको थियो।

निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्नुअघि पार्टीकी नेता समीक्षा बाँस्कोटाले उमेद्वार सुरज प्रधानलाई माटोको टीका लगाएर जितको शुभकामना दिएकी थिइन्। वातावरण अभियन्ता प्रधान उद्यमी पनि हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.