|

रुकुम : रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-४ छिनखेतमा रहेको रुकुमेली नेपाली हातेकागज उद्योग गत बैशाखदेखि संचालनमा ल्याइएको छ। बाफिकोट गाउँपालिका ९ का धिरेन्द्र कुमार शाहीले उद्योग संचालनमा ल्याएका हुन्।

उद्योग केही वर्षदेखि खुले पनि विविध कारणले नियमित संचालनमा आउन सकेको थिएन। आठ लाख लगानीमा उद्योग पुनः संचालन ल्याइएको संचालक शाहीले बताए। उनका अनुसार वर्षातको समयमा कागज सुकाउन समस्या हुने भएका कारण केही महिना बन्द भए पनि अन्य समयमा कागज उद्योग संचालनमा आउने गरेको छ।

उद्योग पुनः संचालनसँगै १५ जना स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय जंगलमा रहेको सेतबरुवाबाट हातेकागज निर्माण गरिन्छ। हातेकागजको मूल्य १ पिस बराबर २० रुपैयाँ पर्ने संचालक शाहीले बताए। नेपाली हातेकागज राजधानी काठमाडौंदेखि विदेशसम्म निर्यात हुँदै आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.