|

काठमाडौं : म्यानमारमा रहेको नेपाली फुटबल टोली घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ३-० गोलले पराजित भएको छ। 

म्यानमारको घरेलु मैदान मण्डलयमा बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग ३-० को हार बेहोरेको हो । म्यानमारका लागि अंग थु, डेविड तान र लेंग बो बोले एक–एक गोल गरे ।

मन्डला थिरी स्टेडियमा खेलको अन्तिम समयसम्म नेपालले कुनै गोल गर्न सकेन। नेपालले विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो। 

नेपालले आगामी १९ नोभेम्बरमा कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न बाँकी छ। विश्वकप छनोटमा नेपाल समूह बी मा र म्यानमार समूह एफमा रहेको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.