|

काठमाडौं  : ठगी आरोपमा व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ। भारतको नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका उनलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।

नयाँदिल्लीबाट आइपुगेका उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर परिसरले हिरासतमा लिएको हो। शाही शासनका बेला अर्थराज्यमन्त्री पनि बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए।    

ज्योति ग्रुपका प्रमुख रुप ज्योति एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए। उनलाई ठगी मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो। ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो।

विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरीपत्रमा उल्लेख थियो। ज्योतिले ठगी धन्दा नै चलाएको आरोप लगाउँदै उजुरी र मुद्दा दर्ता गरेपछि त्यसकै आधारमा महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो। ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिई शासन चलाएको समयमा अर्थ राज्यमन्त्रीसमेत भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.