|

म्यान्चेष्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार समूह एलको खेलमा सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाइटेड नकआउट चरण प्रवेश गरेको हो।

युनाइटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले समान एक–एकगोल गरेका थिए। खेलमा अग्रता युनाइटेडले ग्रिनउडको गोलबाट २१ औं मिनेटमा लिएको थियो।

मार्टियलले ३३ औं मिनेटमा युनाइटेडको अग्रतालाई दोब्बर बनाएका थिए। मार्कुस रासफोर्डले ४९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ३–० को शानदार जित दिलाए।

समूह एलमा शीर्ष स्थानको युनाइटेड ४ खेलबाट १० अंक जोड्न सफल भएको छ। उसले बेलग्रेडसंग ६ अंकको अग्रता लिन सफल भयो।

म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पछिल्ला १५ खेलमा हार ब्यहोरेको छैन्। यो खेलीरहेका टीममा सर्वाधिक लामो अपराजित यात्रा हो। बेलग्रेडले इंग्लिस टिम विरुद्ध खेलेका युरोपियन प्रतिस्पर्धामा १० अवे खेलमध्ये आठमा हार ब्यहोरेको छ।

म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा पछिल्ला ६ खेलमा अपराजित रहन सकेको छ। जुन प्रशिक्षक ओले गुनार सोल्सायरको नेतृत्वमा सर्वाधिक लामो पराजयविहीन यात्रा हो। मार्कुस रासफोर्डले वल्डट्राफोर्डमा जारी सिजन पछिल्ला सातमध्ये पाँच खेलमा गोल गरेका छन्। अघिल्लो सिजन उनले २३ घरेलु खेलमा केबल चार गोल मात्र गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.