|

चितवन : स्कुटरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। 

परिचय खुल्न नसकेका अन्दाजी ४५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मंगलपुरतर्फ जाँदै गरेको ना ३६ प ९३२४ नम्बरको स्कुटरले भरतपुर महानगरपालिका–५ पञ्चरत्न चोकस्थित भित्री सडक खण्डमा ती पुरुषलाई बिहीबार राति ठक्कर दिएको थियो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक शालिकराम पौडेलले जानकारी दिए। 

शव भरतपुर अस्पतालमा रहेको छ। स्कुटर चालक नवलपुर गैडाकोट नगरपालिका–१० भेडावारीका २३ वर्षीय जनक कंडेल पनि गम्भीर घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.