|

बैतडी : बैतडीमा एकजना वडा सदस्य मृत भेटिएका छन्। पुर्चौडी नगरपालिका-३ का वडा सदस्य ४५ वर्षीय गणेश पार्की शुक्रबार मृत अवस्थामा भेटिएका हुन्। बिहीबार राति  स्थानीय राताशिला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य शुक्रबार मृत भेटिएका हुन्।

पार्की पुर्चौडी नगररपालिका १ स्थित राताशिला मन्‍दिरनजिक देवल भन्ने स्थानमा शुक्रबार मृत भेटिएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। प्रहरी टोली घटनास्थल पुगेको छ। के कारणले पार्कीको मृत्यु भयो भन्नेबारे खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.