|

सर्लाही : नेपालका भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा सर्लाहीमा पनि प्रदर्शन भएको छ। नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ सर्लाहीको संयुतm आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हो।

‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’लगायतका नारा लेखिएको कालो ब्यानरसहित विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए। ¥यालीमा सहभागीहरुले लालबन्दी बजार परिक्रमापछि भएको कोण सभामा विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन्।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासमेत जलाएका छन्। विरोधमा उत्रिएका विद्यार्थीहरुले नेपालको पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन्। 

विरोध कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र बद्री न्यौपानेले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.