|

काठमाडाैं : संसदकाे सार्वजनिक लेखा समिति अन्त:शुल्क स्टिकर छपाइकाे टेण्डर आह्‍वान गर्ने सवालमा सरकारले निर्देशन पालना नगरेपछि अन्याेलमा परेकाे छ। यसअघि दिइएकाे निर्देशनविपरीत थप कडा सर्त राखेपछि समिति नै अन्याेलमा देखिएकाे हाे।

टेण्डरमा राखिएकाे सर्तले नेपाली कम्पनीले भाग लिन नसक्ने भएपछि सर्त परिवर्तन गरी नेपाली कम्पनीलाई भाग लिन मिल्नेगरी मिलाउन निर्देशन दिएकाे थियाे। दशैं तिहारकाे बीचमा गरेकाे मागिएकाे टेण्डरमा १० वर्ष काम गरेकाे तीन देशमा काम गरेकाे लगायतका सर्त राखिएकाे छ।

यस सवालमा अर्थमन्त्री डा. युवराज खतिवडा र अन्य पदाधीकारीसँग छलफल गरी अर्काे निर्देशन दिने तयारीमा लेखा समिति छ भने त्यतिन्जेलसम्म यथास्थितिमा राख्न निर्देशन दिएकाे छ। एकैपटक पाँच वर्षकाे लागि स्टिकर छपाएर ठूलाे रकम विदेश पठाउन खाेजेकाे आराेप लेखाकाे छ।

आन्तरिक राजस्व विभागले भने कमजाेर सर्त राख्दा नक्कली स्टिकर छापिन सक्ने भन्दै ध्यान दिन आग्रह गरेकाे छ। लेखा समिति सभापति भरत शाहले नाेट छाप्नकाे लागिसमेत आवश्यक नपर्ने सर्त स्टिकरमा राखेकाे र नेपाली कम्पनीलाई बन्देज लगाउने काम भएकाे जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.