संग्रौला भन्छन् : पहिलो चोटी प्रहरीको सुरक्षामा बहस गरेँ

|

रौतहट : बम विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छन्।

२३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी हुन्। 

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटा भट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी हुन्। 

जिल्ला अदालत रौतहटका श्रेष्तेदार गुणराज पराजुलीका अनुसार अमनाले आलमविरुद्ध बयान फेर्दै आफ्ना पति इँटा भट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको निवेदन दिएकी हुन्। 

'इँट्टा भट्टामा जलाएर मारिएका भनिएका ओसी अख्तर नमारिएको, वैदेशिक रोजगारमा  गएर नफर्किएको ब्यहोरासहितको निवेदन अमना खातुनले अदालतमा दर्ता गराएकी छन्', पराजुलीले भने, 'मेरो श्रीमान् विदेशमा गएपछि बाँचेको या मरेको खबर नआएको भन्दै उनी अदालतमा आएकी हुन्।'

पीडितहरुको पक्षमा बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले पनि पीडितपक्षका एकजना बयान फेर्दै अदालतमा आएको जानकारी दिएका छन्। 'हिजोदेखि बहस शुरु भयो। तर बहस सुरु हुनु अगाडि नै एकजाना साक्षी बयान बदल्न बेन्च आइपुगे', उनले भनेका छन्, 'पहिलो पटक प्रहरीको सुरक्षामा बसेर बहस गर्नुपर्ने अवस्था भोगियो। वकिलहरु बसेको वरिपरि सबैतिर प्रहरी तैनाथ गरिएको छ।

के भनेकी थिइन् अमनाले

यो घटना सार्वजनिक भएपछि अमनाले पति मारिएपछि आफ्नो जीवन अन्धकार भएको बताएकी थिइन्। श्रीमान् ओसी अख्तरको हत्या भएपछि दैनिक रोजीरोटीमै चलाउन समस्या भएको श्रीमती मदिना खातुनले बताएकी थिइन्। 

श्रीमानका हत्यारालाई पक्राउ गर्न जाहेरी दिएकी सासु रोक्सना खातुनको पनि हत्या भएपछि आफू विचलित भएको उनले बताएकी थिइन्। अहिले उनी २ छोरासहित माइतमा बस्छिन्। 

अमनाका १३ वर्षीय छोरा हैदर अली र १२ वर्षीय छोरा अब्दुल सहिल छन्। आर्थिक समस्याका कारण उनीहरूले पढ्न नपाएको उनले दुखेसो पोखिन्। अमना बुवा समसुल मियाको शरणमा छिन्। 

उनका श्रीमान् ओसी अख्तरलाई सांसद आलमका भाइ महताबले बोलाएर चुनावको प्रचारमा लगाएका थिए। कमाएर खुवाउने श्रीमान नै नभएपछि जीविकोपार्जन गर्न  कठिनाइ भएको दुखेसो उनले गरेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.