|

काठमाडौं : नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्‍ययन प्राधिकरण (आइकाओ) लाई १० लाख रुपैयाँभन्‍दा बढी शुल्क पठाउन लागेको छ। आइकाओले तोकेअनुसार सरकारले १२ हजार ४४१ क्यानोडियन डलर पठाउन थालेको हो। शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार यो रकम १० लाख ६९ हजार ९२६ रुपैयाँ हुन आउछ।

नेपाल नागरिक उड्‍ययन प्राधिकरणमार्फत सरकारले हरेक वर्ष आइकाओको सदस्य राष्ट्रको हिसाबले नवीकरण शुल्क पठाउने गरेको छ। गत वर्षको शुल्कको लागि नागरिक उड्ययन प्राधिकरणलाई बिल पठाएकोमा प्राधिकरणले मन्त्रालयमा पठाएको छ भने मन्त्रालयले अर्थ मन्त्रालयमा पठाई रकम पठाइने संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका अधिकारीले बताए। 

आइकाओमा रहेका सबै राष्ट्रले यस्तो शुल्क बुझाउनुपर्ने हुन्छ।  कतिपय राष्ट्रहरू यस्तो शुल्क धनी राष्ट्रहरूले समेत तिर्ने गरेकोमा नेपालको भने नेपाल आफैँले तिर्ने गरेको छ। यस वर्ष आइकाओले तोकेको शुल्क अनुसार नेपालभन्दा बढी शुल्क अफगानिस्तानको रहेको छ। अफगानिस्तान ३७ हजार क्यानोडियन डलर तोकिएको छ। तर, यस्तो रकम एकै वर्षको वा पहिले तिर्नुपर्ने रकमसमेत हो भन्ने विषयमा खुलाइएको छैन। 

आइकाओले यस्तो शुल्कमार्फत सदस्य राष्ट्रहरूको उडान अडिट गर्ने काम गर्छ। यसअघि वर्ष ०६९/७० बाट नेपाललाई गम्भीर सुरक्षा चासोमा आइकाओले राखेकोमा २०७४ सालमा हटाएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.