|

बारा : बारा महागढीमाई नगरपालिका ६ मझरिया टोलमा वर्ष २१ की किरण देवी यादवको हत्यामा संलग्न रहेको अभियुक्त एक वर्षपछि पक्राउ परेका छन्।

बारा प्रहरीले गाउँमै लुकीछिपी बसेको अवस्थामा शुक्रबार स्थानीय गजानन्द यादवलाई पक्राउ गरेको हो। विस २०७५ कार्तिक ३० गते घरपरिवारको संलग्नतामा राकेश यादवकी पत्नी घरमै कुटपिट गरी किरणको हत्या भएको थियो।

पक्राउ परेका यादबलाई बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने पहिलो पटक दिन ५ को म्याद अनुमति लिई थप अनुसन्धान कारवाही भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.