|

-अभिषेक ओझा 

मुगु : नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसका लागि विभिन्न कार्यक्रम र तयारीहरु गरिरहेको छ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो रारा। मुगुमा रहेको रारा ताल प्रकृतिको अनुपम उपहार नै हो। त्यसैले त यस ठाउँलाई स्वर्गको एक टुक्रा समेत भनिन्छ। अझ प्रचारप्रसार गर्न सके पर्यटकको प्रमुख आकर्षण बन्न सक्छ रारा राष्ट्रिय निकुञ्ज र रारा ताल।

समुद्री सतहबाट दुई हजार ९९० मिटर उचाईमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ताल हो। रारा घुम्न अप्रिल, मे, सेप्टेम्बर र अक्टुबर उपयुक्त महिना हो। हिउँदको समयमा चिसोले र बर्खायाममा झरीका कारण रारा आउजाउमा केही असहज हुन्छ।

यस क्षेत्रका बासिन्दाहरुले कृषि, होटल, हामस्टे, च्यांग्रा पालन, जडीबुटी खोज तथा बिक्री, घोड सवार आदि पेशा अवलम्बन गरी जीवन निर्वाह गर्दै आएका छन्। रारा पुग्न ताल्चा एयरपोर्टबाट पैदल बाटोसहितको टे«किङ रुट पनि निर्माण भएको छ।

रारा ताल हेर्न र घुम्नकै लागि यो समयमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेख्य मात्रामा मुगु जाने गरेका छन्। विभिन्न देशबाट पर्यटकहरु यस तालको सौन्दर्य, राष्ट्रिय निकुञ्ज, घोड सवारी, डुङ्गा सवार तथा ट्रेकिङ गर्न पुग्छन्। उत्तिकै संख्यामा आन्तरिक पर्यटक पनि भित्रिने गरेका छन्। पर्यटन वर्ष २०२० सफल पार्न रारा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहनेमा दुई मत छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.