|

मुगु : मुगुका चारवटै स्थानीय तहअन्तर्गतका विभिन्न १० वटा  स्वास्थ्य संस्थालाई कोरियाली सहयोग नियोग(कोइका)को आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको छ। कोइकाले जिल्लामा रहेका वर्थिङ सेन्टर'लाई सुत्केरी गराउन र भइसकेपछि आवशयक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराका हुन्।

यूनिसेफ नेपाल जिल्ला प्रतिनिधि संजयकुमार रजकका अनुसार छायाँनाथ रारा नगरपालिकाका पिना, ढुन्गेधारा र थार्प वर्थिक सेन्टर, मुगुम कार्मारोङ गाँउपालिकाका माग्री, रिउस वगर, मुगु र डोल्फु खत्याड गाँउपालिकाका श्रीकोट, कोटडाँडा र सोरुगाँउपालिकाको नार्थपु वर्थिक सेन्टरलाई प्रति वर्थिक सेन्टर २ लाख ५० हजार बराबरका उपकरण तथा सामग्री उपलब्ध गराएको  जानकारी दिए।

वितरित उपकरण नेपाली तथा विदेशी प्राविधिकहरूको टोलीले सबै स्वास्थ्य संस्थामा पुगी जडान गरेका छन्। उनीहरूले उपकरण संचालनबारे प्रसूतिमा सरिक रहने एसबिए तालिम प्राप्त कार्यरत एएनएमलाई तालिम पनि दिएको स्थानीय साँझेदार संस्था कणाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए ।

आगामी दिनमा सहज

यता, छायाँनाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार उपकर जडानपश्चात् प्रसूति सेवामा सहज हुने छ। यसअघि उपकरण अभावले स्वास्थ्यकर्मीहरू आफ्नो स्वास्थयको पनि ख्यालै नगरी प्रसूति सेवामा संलग्न हुनु पर्ने बाध्यता थियो।

'प्रयाप्त उपकरण नहुदा नवजात शिशुलाई चिसोबाट बचाउन पनि समस्या थियो', उनले भने 'उपकरण तथा सामग्री सहयोगले स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज भएको हुने र नवजात शिशु पनि सुरक्षित हुने भएका  छन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.