|

दार्चुला : भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेर आफ्नो नक्सामा राखेकोमा नौगाड गाउँपालिकाले आपत्ति जनाएको छ। सीमा सुरक्षामा बाह्रै महिना नेपाली सेना पठाउन पनि गाउँपालिकाले माग गरेको छ।

 गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै ती क्षेत्रबाट भारतीय सेनालाई तत्काल हटाउन कुटनीतिक पहल गर्न संघीय सरकारसँग माग गरेको छ।

कालापानी क्षेत्रमा नेपाली सेना परिचालन गरेर सीमा सुरक्षा गर्न पनि गाउँपालिकाले माग गरेको छ। गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जारी गरेको विज्ञप्तिमा भारतले पहिले नेपाली भूमि अतिक्रमण गरेको र अहिले आएर उक्त भूमि आफ्नो राजनीतिक नक्सामा राखेकोमा विरोध गरिएको छ। उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'भारतले अतिक्रमण गर्दा विवादमा रहेको भूमि तथा राष्ट्रिय स्वाधिनता रक्षा र संरक्षणका लागि नेपाल सरकारबाट तत्काल कुटनीतिक पहल चाल्न माग गर्दछौँ। कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न जोडदार माग गर्दछौँ।'

अध्यक्ष धामीले कालापानी क्षेत्र फिर्ता गरेर नेपाल सरकारले त्यहाँ बाह्रै महिना नेपाली सेना राख्नुपर्ने माग गरेका छन्। गाउँपालिकाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको पक्षमा मुलुकभर भइरहेको भारतीय विरोधमा ऐक्यबद्धता जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.