|

अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ।

जंगलमा लागेको आगलागीबाट कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्र समाचार एजेन्सीले लेखेका छन्। आगलागीमा परेर चार जना हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

वनमा फैलिएको आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन्। आगलागीका कारण संकटकाल घोषणा गरेर राहत र उद्दारको काम सुरु गरिएको अधिकारीहरूले जनाएका छन्।

प्रधानमन्त्री स्कट मौरिसनले आगलागी भएका विभिन्न क्षेत्रमा एक हजार ३०० भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको जानकारी दिएका छन्। आगलागी पीडितको राहत र उद्धारका लागि क्वीन्सल्याण्ड तथा न्यु साउथ वेल्स क्षेत्रमा सयौं नागरिक स्वयम्सेवका रूपमा परिचालन भएका छन्।

क्विन्सल्याण्डका हजारौं मानिसले सडक तथा क्याम्पमा रात बिताएका छन्। त्यस क्षेत्रमा आगलागीबाट करिब १५० घर पूर्णरूपमा क्षतिग्रत भएका विवरण आएका छन्।

आगलागीका कारण सिड्नी लगायतका शहरको आकाशसमेत धुँवामय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.