|

डडेल्धुरा : आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ। 

स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेकाे हाे। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा राखिएकाे छ। 

केसीलाई काठमाडौं लैजाने तयारी भएपछि डडेल्धुरामा आन्दोलन भइरहेको छ। नागरिक समाज डडेल्धुराले डडेल्धुरा बन्दको आयोजना गरेको छ। बन्दका कारण डडेल्धुरा, डोटी बैतडीलगायतका सात पहाडी जिल्लामा जाने यातायत ठप्प छ। आठ दिनदेखि अनशनरत डाक्टर केसीले विभिन्न माग राख्दै कार्तिक १८ देखि डडेल्धुरा पुगेर अनशन थालेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.