प्रहरीले नियन्त्रणमा लियो

|

रौतहट : बम विस्फोटमा परेर घाइते २३ जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा मोहम्मद आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन्। 

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विस्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको हो।

न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला उनीविरुद्ध बयान दिने भनिएका चमारले बम विस्‍फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै उनी अदालतमा पुगेका थिए। 

आलमका वकिलको साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सरकारी साक्षीका रूपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उनलाई  प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो।

चमार राजपुरमा भएको बम विस्‍फोटमा घाइते भएको सरकारी साक्षी हुन्। उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन्। 

यसअघि विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन्।

२३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन्। 

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटा भट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.