निर्दोष भन्दै निशर्त रिहा गर्न माग

|

रौतहट : पहिलो संविधान सभाको निर्वाचनमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको समर्थनमा गौरमा फेरि लुजुस निस्किएको छ। 

जिल्ला अदालत गौरमा आलममाथि थुनछेक बहस चलिरहँदा उनका सर्मथकहरुले दोश्रो पटक मौन जुलुस निकालेका हुन्। 

नेता आलमको निर्शत रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुशमा सहभागी नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताए ।

बिपी चोकबाट निस्केको जुलुशले जिल्ला अदालत हुदै गौर भन्सार पुगेर टुंगिएको गिरीले जानकारी दिए । 

यसअघि पनि यसैगरी मौन जुलुश निकालिएको हो । नेपाली कांग्रेसको केन्द्रीय तहका नेताहरुले कानुनलाई सहयोग गर्न भनेपछि यहाका नेता कार्यकर्ताले २ पटक गौरमा मौन जुलुस प्रर्दशन गरेका हुन्। 

गत २०६४ चैत्र २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि रौतहट प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो । उनीमाथि विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै हालेर मारेको गम्भीर आरोप छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.