|

कतार : वैदेशिक रोजगार विभागले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति नदिने निर्णय गरे संगै धेरै नेपाली कामदारको रोजगारी गुम्ने खतरा देखिएको छ। 

विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा पेशा फरक परेको कारण पुनः श्रम स्वीकृति दिन समस्या भएको भन्दै एकरुपता ल्याउन शुरु गरेको पहलप्रति वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले तीव्र असनतुस्टी जनाएका छन्।

विभागले खाडीस्थित नेपाली दूतावासहरुलाई पत्र पठाउँदै वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्रमा एकरुपता नभएको कारण देखाउदै पुनः श्रम स्वीकृति दिन कठिनाइ भएको उल्लेख गर्दै पेशाको प्रमाण पत्र लिएर नेपाल आउने व्यवस्थाका लागि प्रवन्ध गर्न पत्राचार गरेको थियो।

नियत सही भएपनि व्यवहारिक रुपमा तत्काल लागू गर्न सहज नहुने एनआरएनएन कतारका प्रवक्ता समेत रहेका सन्तोष क्षत्री  बताउछन्। यता विगत चार बर्ष देखि कतारमै कार्यरत लाक्पा शेर्पाले पनि विभागले यसलाई जबर्जस्ति लागू गर्न खोजे हजारौं नेपाली युवा युवतीको रोजगारी गुम्ने बताउछन्। 

विभागको पत्रपछि कतारस्थित नेपाली दुताबास र साउदीस्थित नेपाली दुताबासले विज्ञप्ति जारी गर्दै बिदामा नेपाल जानु अघि आफ्नो कम्पनीबाट आफुले गरिरहेको कामको प्रमाणपत्र लिन आग्रह गरेको कतारस्थित नेपाली दुताबासले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.