|

घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको  सेमिफाइनल प्रवेश  गरेका छन्। ब्राजिलले इटालीको किशोर टिमलाई पराजित गर्दा फ्रान्सले स्पेनमाथि रवाफिलो जित निकाल्यो। 

युवा विश्वकपमा मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान  बनाइसकेका छन्। मंगलबार बिहान भएको खेलमा ब्राजिलले इटालीलाई २–० ले पराजित गर्दा उसका लागि प्याट्रिक र पेग्लोले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो। खेलको छैटौ मिनेटमा नै प्याट्रिकले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। ४०औं मिनेटमा पेग्लोले ब्राजिलका लागि दोस्रो गोल गरे।

यस्तै अर्को खेलमा फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को प्रभावसाली  जित निकाल्यो। फ्रान्सले एक गोलले पछि परेको अबस्थालाई उल्ट्याउँदै खेलमा ६ गोल गर्यो। खेलमा फ्रान्सका नियानजोउ कोउयसी, नाथानेल एमबुकु, इसाक लिहान्ड जि, टिमोथी पेम्वेले, जर्जिन्हो रुटर र एदिल ओउचिचेले गोल गरे। स्पेनका जर्मन भलेराले गरेको पहिलो गोल केवल सान्तवना गोलका रुपमा परिणत भयो।

अब प्रतियोगिताको फाइनल प्रवेशका लागि ब्राजिल र फ्रान्स तथा मेक्सिको र  नेदरल्यान्डबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.