|

जनकपुरधाम : धनुषा र सिरहाको सिमानामा रहेको कमला नदीको किनारमा भूत मेला लागेको छ। कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो।

नदीको किनारमा यतिखेर तान्त्रिक विद्या सिद्ध गर्न भक्त, धामी र सर्वसधारणको घुइँचो लागेको छ। नेपालतर्फ मात्र नभएर भारतमा समेत कमला नदीमा आज लाखौंले स्नान गरेका छन्। धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ।

मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ। कमलामा स्नान पश्चात घर फर्किने बेलामा भक्तजनहरूले कमला नदीको पानी आ–आफ्नो घर लैजाने गर्छन्।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ। आफ्नो गाउँमा धामीहरुलाई डोर्‍याएर कमला र गंगासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरीरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताए। मन्त्र सिकाउनेलाई ‘धामी’ भन्ने गरिन्छ। घरको कूलदेवताको पूजापाठ गर्नेलाई ‘भगता’ भन्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.