|

काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार राजधानीको चाबहिलमा विरोध प्रदर्शन गरेको छ। नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले नयाँ नक्सा निकालेपछि आन्दोलित नेविसंघले मंगलबार पनि प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा नेविसंघका नेता, कार्यकर्ता तथा विद्यार्थीहरु सहभागी थिए। उनीहरुले ब्यानरसहित विभिन्‍न प्लेकार्ड बोकेर सरकारलाई खबरदारी गरेका थिए। 

त्यसक्रममा उनीहरुले केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो, सरकार कता हरायो? राष्ट्रियता जोगाउन किन डरायो, लिपु लेक हाम्रो हो, गो ब्याक इण्डिया जस्ता नारा लगाएका थिए। 

विरोध प्रदर्शनमा उत्रिएकाहरुले सरकारलाई खुट्टा नकमाइ राष्ट्रियताको पक्षमा बलियोसँग उभिन पनि आग्रह र खबरदारी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.