|

काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्। 

नेपालको चारदिने औपचारिक राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरिन्। राष्ट्रपति हमिदलाई विमानस्थलबाट नक्सालको म्यारिट होटलसम्म सडकका दुवैतर्फ सर्वसाधरण राखेर स्वागत गरिएको थियो। 

राष्ट्रपति हमिद काठमाडौं ओर्लिएपछि उनको सवारी हुने विमानस्थलदेखि नक्सालसम्मको सवारी रुटमा सर्वसाधरणका सवारीमा रोक लगाइएको छ। सडकका दुवैतर्फ ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन्। उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.