|

जनकपुरधाम : धनुषाको कमला नगरपालिका ४ सघारा चोकको ओम ज्वेलर्सबाट करिब १२ लाखको सुनचाँदी चोरी भएको छ। सोमबार राति ज्वेलर्सको सटर फोडेर सुनचाँदीका सबै गरगहना चोरी भएको हो।

उक्त ज्वेलर्स प्रोपराइटर कमला नगरपालिका २ घर भएका सुखराम साह हुन्। घरबाट आज मध्यान्ह पसल पुगेपछि चोरी भएको थाहा पाएको उनले जानकारी दिए। उनले करिब १२ लाखको सुनचाँदी चोरी भएको पनि बताए।

उनले भने, 'पसलको ताला तोडेर चोरी गरिएको छ। चोरले चोरी गरी पुनः सटर तल झारिदिका थिए। ताला तोडेको देखेर सटर उठाउँदा पसलमा केही नदेख्दा दिमाग खराब भयो।' पसलमा चोरी भएको विषयमा प्रहरीलाई खबर गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.